आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

बंगलामुखिको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल

बिहीबार, १४ चैत २०८१, ०६ : ०८
बिहीबार, १४ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १४ गते, विहीबार । ईश्वी सन् २०२५ मार्च २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–त्रयोदशी, ३७ घडी ४५ पला, बेलुकी ९ बजेर ८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– शतभिषा, ४२ घडी २६ पला, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–साध्य, ३ घडी ३२ पला, बिहान ७ बजेर २७ मिनेट उप्रान्त शुभ । करण– गर, बिहान ९ बजेर ५९ मिनेट उप्रान्त वणिज , बेलुकी ९ बजेर ८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३० घडी ३९ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर २ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ३ मिनेटदेखि बिहान ७ बजेर ३४ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म उद्धेग  बेला ।
बिहान ०९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर ३८ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३९ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखि  दिउँसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म काल बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखी बेलुकी ४ बजेर ४६ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ४७ मिनेटदेखि बेलुकी ७ बजेर ४६ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २७ मिनेटदेखि बिहान ५ बजेर १५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् । अध्ययन तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्रस्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । शेयरबजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यापार तथा शेयरबजारबाट नाफा कमाउन सकिनेछ । सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोगमार्फत रोेजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्किो सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा  खोखिमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ । सरकारी काम गर्दा सचेत रहनुहोला काम विग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) यात्राको क्रममा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । सबैखाले व्यापार वा शेयरबजारबाट आम्दानी बढाउन सकिनेछ ।  

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केही भए स्वतः ठीक हुनेछ । व्यापार वा शेयरबजारमा लगानी गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यवसाय तथा शेयरबजारमा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथीको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन विना चल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो कामगरि प्रसिद्धी कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । व्यापार, शेयरबजार तथा उद्योगबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागि नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढीनतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सून्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।  

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार विग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले विग्रन सक्छ ध्यानदिनु होला । र, पनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप