आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी

बिहीबार, १४ चैत २०८१, ०० : १६
बिहीबार, १४ चैत २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को छैटौँ खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । राजस्थान रोयल्सले जितका लागि प्रस्तुत गरेको १ सय ५२ रनको चुनौति पछ्याएको कोलकाता निर्धारित ओभरमा १५ बल बाँकी छँदै ८ विकेटले विजयी भएको हो । 

गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । जवाफमा कोलकाताले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमााएर सहजै चुनौति पार गर्‍यो । 

कोलकाताका लागि दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डी कक् एक्लैले अविजित ९७ रन बनाए । उनले ६१ ब्ल खर्चिएर ८९ मेडन राख्दै ६ छक्का र ४ चौकाका मद्दतले झण्डै शतक स्कोर बनाएका हुन् । 

यस्तै, अंगकृष रघुवंशीले अविजित २२ रन जोड्दा ओपनर मोइन अली ५ रनमा रनआउट भए । यस्तै, अजिन्क्या रहाणे १८ रन बनाएर क्याचआउट भए । श्रीलंकन खेलाडी वानिन्दु हसरंगाले एक विकेट लिए । 

यसअघि, राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको योगदान गरे । उनले २८ बलमा ५ चौका प्रहार गरे । ओपनर यशस्वी जैसवालले २४ बलमा २ चौका र २ छक्काको मद्दतले २९ रन जोडे ।

कप्तान रियान परागले १५ बलमा २५ रन जोड्दै पभेलियन फर्किए । उनले ३ छक्का हिर्काए । सञ्जु सामसनले ११ बलमा १३ रन बनाए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले ७ बलमा २ छक्का हिर्काउँदै १६ रन जोडे ।
राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २-२ विकेट हात पारे । स्पेनसर जोनसनले एक विकेट लिए ।

यो दुबै टोलीका लागि दोस्रो प्रतिस्पर्धा थियो । आफ्नो पहिलो खेलमा यी दुवै टोलीले हारको सामना गरेका थिए । कोलकाता उदघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ७ विकेटले हारेको थियो भने राजस्थान आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले पराजय हुन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप