आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : फेरि बढाइयो सिमेन्टको मूल्यदेखि सडक प्रदर्शनबीच हितेन्द्रको दोस्रो इनिङ्ससम्म

बुधबार, १३ चैत २०८१, २३ : ५४
बुधबार, १३ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. फेरि बढाइयो सिमेन्टको मूल्य
उद्योगीहरूले फेरि सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँ बढाएका छन् । दुई दिनदेखि सिमेन्टको मूल्य ४० रुपैयाँ बढीले मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् । 

२. सडकको दबाबबिच हितेन्द्रको दोस्रो इनिङ्स
करिब ४ वर्ष सर्वोच्च अदालतमा मुद्दा लडेर न्याय पाउने आस मारेर फर्केका हितेन्द्रदेव शाक्यले मंगलवार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ्स सुरु गरेका छन् । सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएसँगै शाक्य प्राधिकरणमा फर्किएका हुन् । चार वर्षअघि शाक्यलाई नै हटाएर घिसिङ प्राधिकरण छिरेका थिए ।

३. अनुदान दुरुपयोग
कर्णाली प्रदेशका विभिन्न सङ्घसंस्थालाई भूकम्पका नाममा एक वर्षमा ३८ करोड रुपैयाँभन्दा बढी रकम निकासा भएको छ । गत आर्थिक वर्ष ०८०/०८१ मा भूकम्पका लागि विभिन्न योजना बनाई देशभरका ४३ वटा संस्थालाई ३८ करोड बढी रकम निकासा भएको थियो । 

४. शिक्षक आन्दोलन
विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुपर्ने मागसहित महासंघले विभिन्न चरणका आन्दोलन गर्दै आएको हो ।

५. कुलमान प्रकरण
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । उनले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।

६. स्ववियु निर्वाचन
स्ववियु निर्वाचन हुन नसकेको त्रिभुवन विश्वविद्यालयका बाँकी कलेजमा एकैदिन गराउने तयारी विद्यार्थी संगठनहरूले गरेका छन् । प्रमुख तीन विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच एकै मितिमा निर्वाचन गराउने अनौपचारिक सहमति भएको हो । 

७. प्रकृति लम्साल मृत्यु प्रकरण
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा अनुसन्धान जारी छ । उडिसास्थित भुवनेश्वर प्रहरीले उक्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो । अनुसन्धान सकेर अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरीले गरेको छ । 

८. राजतन्त्र भर्सेस गणतन्त्र
यतिबेला गणतन्त्रवादी र राजावादी आमने सामनेको अवस्थामा छन् । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने आश्चर्यजनक रूपमा मौन देखिएको छ । चैत १५ गते संसदभित्र र बाहिर रहेका विपक्षी चार दलीय ‘समाजवादी मोर्चा’ले राजतन्त्रका पक्षमा हुँदै आएको गतिविधिविरुद्ध शक्ति प्रदर्शन गर्दैछ । सोही दिन राजावादीहरू पनि राजधानीमा शक्ति प्रदर्शनको तयारीमा छन् ।

९. संघीय निजामती विधेयक
 नेपाल सरकारका विभिन्न निकायमा रहेका २८ सचिवको दरबन्दी काट्न संसदीय समितिले बनाएको उपसमितिले सुझाव दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सांसदहरूले राखेको संशोधन प्रस्तावसमेतको अध्ययनसहित प्रतिवेदन बुझाउन बनाएको उपसमितिले २८ स्थानमा रहेको सचिवको दरबन्दी काट्न सुझाव दिएको हो । 

१०. सत्ता पक्षको बैठक
सत्ता पक्षमा रहेका दलहरूको असहयोग र अघि बढ्न नदिने अडानपछि ‘विवादित’ भूमिसम्बन्धी अध्यादेशबाट सरकार पछि हटेको छ । भूमाफिया र बिचौलियालाई फाइदा हुने गरी सरकारले संसद् छलेर अध्यादेशमार्फत कानुन बनाइ सरकारी जमिन चक्लाबन्दी गर्ने तथा सरकार निकटस्थहरूलाई वितरण गर्ने नियत राखेको आशङ्का गर्दै सत्तापक्षका केही दलसहित विपक्षी दलहरूले चर्को विरोध गर्दै आएका थिए ।

११. कोशीको कानुन
विराटनगर । कोशी प्रदेश सभाले ७ वर्ष ३ महिनाको अवधि पूरा गर्न लागेको छ । यो अवधिमा निर्माण र संशोधन गरेर विभिन्न ८२ वटा कानुन पारित र प्रमाणीकरण भए । प्रमाणीकरण भएका कतिपय कानुनको अहिले पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कतिपय कानुन कार्यान्वयनमै गएका छैनन् । कार्यान्वयनमा गएका कतिपय कानुन विवादित बनेका छन् ।

१२. फोटोफिचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप