बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

राजस्थानले कोलकातालाई दियो १ सय ५२ रनको लक्ष्य

बुधबार, १३ चैत २०८१, २१ : २९
बुधबार, १३ चैत २०८१

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा राजस्थानले कोलकाता नाइट राइडर्ससामु जितका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको हो ।

टोलीका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २८ बलमा ५ चौका प्रहार गरे । ओपनर यशस्वी जैसवालले २४ बलमा २ चौका र २ छक्काको मद्दतले २९ रन जोडे ।

कप्तान रियान परागले १५ बलमा २५ रन जोड्दै पभेलियन फर्किए । उनले ३ छक्का हिर्काए । सञ्जु सामसनले ११ बलमा १३ रन बनाए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले ७ बलमा २ छक्का हिर्काउँदै १६ रन जोडे ।

राजस्थानलाई सस्तोमा समेट्न कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २–२ विकेट हात पारे । स्पेनसर जोनसनले एक विकेट लिए ।

दुवै टोलीको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा यी दुवै टोलीले हारको सामना गर्नुपरेको थियो । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ७ विकेटले पराजित भएको थियो भने राजस्थान आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले स्तब्ध बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप