शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

साइबर हमलापछि हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो

बुधबार, १३ चैत २०८१, २१ : १९
बुधबार, १३ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो । 

ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो । जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो । यसरी ह्याकरले महत्वपूर्ण विवरणसहितको डेटा डार्कवेबमा बिक्रीमा राखिदिएका हु्न् ।  

वेबसाइट ह्याक भएपछि अहिले वेबसाइटलाई मेन्टिनेन्समा राखिएको हो । तर, बुधबार राति यो समाचार तयार पार्दासम्म वेबसाइट अवरुद्ध नै छ । अहिले एकीकृत डाटा व्यवस्थापन केन्द्र मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरु वेबसाइट पूर्ववत अवस्थामा फर्काउन लागिपरिरहेको केन्द्रका एक अधिकारीले बताए । 

यता हेल्लो सरकारको वेबसाइट ह्याकबारे साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले आफूलाई त्यसबारे जानकारी नभएको बताए । उनले भने, ‘त्यहाँको आइटी टिमले काम गरिरहेको होला, हामीलाई औपचारिक जानकारी आएको छैन ।’

विदेशी ह्याकरहरुले पटक पटक सरकारी वेबसाइटलाई निशाना बनाउँदै आएका छन् । तर, सरकारले पर्याप्त साइबर सुरक्षा अपनाउनेतर्फ ध्यान दिन सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप