शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा तिलोत्तमा–२ का वडा सदस्यको मृत्यु

बुधबार, १३ चैत २०८१, २१ : १७
बुधबार, १३ चैत २०८१

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी आज निधन भएको छ । 

तिलोत्तमा नगरपालिको जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवलतर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप