सरकारी वेबसाइट ह्याक, साइबर व्यूरोका प्रवक्ता भन्छन्ः हामीलाई थाहा छैन
बुधबार, १३ चैत २०८१, २१ : १०

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ ।
ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्याकर समूहले एक हजार डलरमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।
यस्तै ह्याकरले पर्सनल आइडेन्टीफिएबल इन्फरमेशन (पीआईआई) पनि राखिएदिएका छन्, जसमा नागरिकको नाम, इमेल, युजरनेम, मोबाइल नम्बर, पासवर्ड, डिभाइसको आइडी, फोटो, अफिसको आइडी, नेपालीमा रहेको नाम, ठेगानालगायतका सबै विवरण रहेका छन् ।
वेभसाइट ह्याकबारे साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले त्यसबारे केही जानकरी नभएको बताए । उनले भने, ‘त्यहाँको आइटी टिमले काम गरिरहेको होला, हामीलाई औपचारिक जानकारी आएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ