अनलाइन जुवा र क्रिप्टोकरेन्सीमा झण्डै तीन अर्ब कारोबार, ११ भारतीय काठमाडौँबाट पक्राउ

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३, देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा (सट्टाबाजी) खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी तथा ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू सबै जना ३० वर्षमुनिका रहेका छन् ।
पक्राउ परेका भारतीय नागरिकहरू
सनी मिणा (२४)
मोहित वर्मा (२५)
पिउस भारद्वाज (२६)
हरकेश डडैया )२५)
निशांत भारद्वाज (२२)
आकाश वर्मा (२३)
अंकित कुमार सैनी (१९)
सन्जु शाकला (२३)
रामसिंह जाठ (२८)
लोकेश कुमार (१९)
विकाश कुमार (१९)
उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी यो घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज