बूढानीलकण्ठ फाइट नाइट हुने

काठमाडौँ । बूढानीलकण्ठ हात्तीगौडा स्पोर्ट्स कमिटीको आयोजनामा बूढानीलकण्ठ फाइट नाइट वैशाख २० गते हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १० तौल समूहमा नेपालसहित ३ राष्ट्रका २० खेलाडी ‘वान भर्सेस वन’ फर्म्याटमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष निलम अधिकारीले जनाएका छन् । नेपालबाट सर्वाधिक १३ खेलाडी सहभागी हुने छन् । भारतबाट ६ र थाइल्यान्डबाट १ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा ७ र महिलामा ३ स्पर्धामा भिडन्त हुनेछ ।
गलाक द लाइफ स्टाइलको व्यवस्थापनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरू हात्तीगौडामा हुनेछ ।
नेपालमा पनि मुवाँथाईं खेललाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु