प्यालेस्टाइनको पक्षमा प्रदर्शन : नेपालमा रहेका इजरायली सैनिक पक्राउ गर्न माग
बुधबार, १३ चैत २०८१, २० : २७
_BxBaMs2M4C.jpg)
काठमाडौँ ।प्यालेस्टाइन सोलिडारिटी नेपालले बुधबार अपराह्न बालुवाटारस्थित भाटभटेनी छेउमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको छ । यस प्रदर्शनमा सहभागीहरूले इजरायली सैनिक लेफ्टिनेन्ट अमित नेचम्याको गिरफ्तारीको माग गरेका थिए, जो हाल नेपालमा अवकाश मनाइरहेका छन्।
प्यालेस्टाइन सोलिडारिटी नेपालकी सदस्य उषा तिवेच्छुले रमजानको जस्तो महिनामा इजरायलले गाजामा आक्रमण गर्दा मार्च २३ मा २०० भन्दा बढी प्यालेस्टिनी नागरिकहरू मारिएको र आजसम्म यो संख्या १,१०० भन्दा बढी पुगेको जानकारी दिइन् । प्रदर्शनकारीहरूले लेफ्टिनेन्ट अमित नेचम्यालाई युद्ध अपराधी ठहर गर्दै उनलाई न्यायको कठघरामा उभ्याउन माग गरेका छन।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख