अर्घाखाँची बस दुर्घटनामा अपडेटः मृतकको परिचाहन खुल्यो

बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा भएको बस दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरुको परिचाहन खुलेको छ ।
मुत्यु हुनेमा नवलपरासी पश्चिम भुमहीकी ४५ बर्षिय उमा न्यौपाने रुपन्देही जिल्लाकी ५५ बर्षिय जमुना बस्याल, नबलपरासी बर्दघाटका ४५ बर्षिय चालक मदनकुमार बिक रहको प्रहरीले जनाएको छ ।
घटनामा एक जना नाम थर नखुलेकी महिलाको पनि मृत्यु भएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल पठाएको बताए ।
अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । उक्त बसमा २२ जना रहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन