शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

मुआब्जा समस्या समाधान हुने भएपछि रेल्वे आयोजना पीडितको आन्दोलन स्थगित

बुधबार, १३ चैत २०८१, १९ : ५७
बुधबार, १३ चैत २०८१

काठमाडौँ । रेल्वे आयोजन पीडितले आन्दोलन स्थगन गरेका छन् ।

एक सातादेखि रेल विभाग अगाडि रिले अनसन बसेर आन्दोलन गर्दै आएका बर्दिबासका रेल्वे आयोजना पीडितले बुधबार आन्दोलन स्थगित गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्मा, पूर्वमन्त्री गिरीराजमणि पोखरेल,रेल्वे विभागका महानिर्देशक अजय मूल र अन्य पदाधिकारीको उपस्थितिमा भएको छलफलमा रेल्वे आयोजनाको मुआब्जाको समस्या समाधान गर्ने सहमति भएसँगै आन्दोलन स्थगन गरेको जनाइएको छ ।

१२ वर्षदेखि रोक्का रहेको जग्गाको मुआब्जा नपाएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका थिए।

बुधबार विभागमा भएको छलफलमा १४ घरको मुआब्जा यथाशीघ्र समस्या समाधान गर्ने भनी रिले अनशन केही दिनका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप