दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन भोलिदेखि, विश्वभरका वैज्ञानिक आउने

ललितपुर । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनाको आयोजनमा भोलीदेखि सम्मेलन हुन लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेशनल इन्ष्टिच्यूट अफ मेटेरियल साइन्स, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पसको सह–आयोजनामा सम्मेलन हुन लागेको हो । ललितपुरको होटल हिमालयमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा विश्वभरका ४० बढी वैज्ञानिकहरू आउने आयोजकले जनाएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा बुधवार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो । सो अवसरमा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू नेपाल आउन सुरु भइसकेको जनाइएको थियो । नेपाल, जापान, अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन् ।
कार्यक्रम संयोजक डा प्रकाशचन्द्र लोहनीले सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै विद्यार्थीहरूलाई प्रश्नको लागि फ्लोर खुला गरेका थिए । सहभागी विद्यार्थीहरूले विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए ।
सम्मेलनमा ६ वटा विधामा आधारित रहेर ११४ वटा वैज्ञानिक प्रस्तुतिकरण गरिनेछ । प्रमुख विषयहरू, ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनलगायत रहनेछन् ।
बिहीबार बिहान ९ बजे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा दिलीप सुब्बाले सम्मेलनको औपचारिक उद्घाटन गर्नेछन् । त्यसपछि विभिन्न टेक्निकल सेसनहरू सञ्चालन हुनेछन् ।
डा लोककुमार श्रेष्ठले वैज्ञानिक अनुसन्धानमा आउने नयाँ पुस्ताले समाजमा परिवर्तन ल्याउनसक्ने उल्लेख गर्दै यस अवसरलाई भरपूर रूपमा उपयोग गर्न आग्रह गरे । साथै, उनले विभिन्न देशका प्रविधिहरूको तुलनात्मक अध्ययनसम्बन्धी जानकारी पनि दिए ।
पत्रकार सम्मेलनमा सहभागीहरूले यस्तो कार्यक्रम गाउँ–गाउँमा पनि गर्नुपर्ने माग राखेका थिए । विज्ञान तथा प्रविधिको ज्ञान विस्तार गर्न देशभर यस्ता सम्मेलन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
यो सम्मेलनले नेपालका अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफूलाई प्रस्तुत गर्ने अवसर दिनेछ भने स्नातक, स्नातकोत्तर तथा एजम् विद्यार्थीहरूलाई अनुसन्धान तथा प्रविधि विकास क्षेत्रमा लाग्न थप प्रेरित गर्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भयो एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?