‘देखाइदिन्छु’ भन्दै जिल्ला आयुक्त प्रमुखले धम्की दिएको आरोप, कारबाही गर्न प्राधिकरणलाई अख्तियारको पत्र

काठमाडौँ । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँका प्रमुख सुवास बस्नेतमाथि पदीय मर्यादा विपरीत धम्की दिएको आरोप लागेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा बस्ने गायत्री देवी केसी वली क्षेत्रीलाई व्यक्तिगत रिसिईबी साँध्ने मनासयले धाकधम्की दिई पदीय दुरूपयोग गरी मानसिक तनाव दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई कारबाही गर्न प्राधिकरणलाई पत्र लेखेको छ ।
बस्नेतले ‘देखाइदिन्छु’ भन्दै पदको दुरुपयोग गरी बेनामी उजुरी हाल्न लगाई दुःख दिने नियतले व्यक्तिका नाममा पत्र काटेको आरोप वलीको छ । वलीले गत माघ १६ गते आफूलाई बस्नेतले व्यक्तिगत रिसईबीका कारण पदको दुरुपयोग गरी धम्की दिएको भन्दै आयोगमा उजुरी दिएकी थिइन् ।
आयोगले गत माघ २६ गते नै आवश्यक कारबाही गर्न प्राधिकरणलाई ‘गोप्य’ पत्र लेखेको थियो ।
यस विषयमा बुझ्न बस्नेतलाई सम्पर्क गर्दा उनले अख्तियारले यसरी पत्र काट्नु गलत भएको बताए । सार्वजनिक जग्गा खाली गर्न खोज्दा आफूमाथि अनाहकमा आरोप लगाइएको उनको दाबी छ ।
‘हामी सार्वजनिक अतिक्रमित जग्गा संरक्षणमा लागेका छौँ । यसै सन्दर्भमा ओम अस्पातलको अतिक्रमित जग्गा संरक्षण गर्यौँ । आगामी साता धोबीखोलाको अतिक्रमित जग्गा नियन्त्रणमा लिँदैछौँ,’ उनले भने, ‘गायत्री देवीले थलीमा सार्वजनिक जग्गा अतिक्रमण गरि घर बनाएकी छिन् । त्यो खालि गर्न खोज्दा उनले अख्तियारमार्फत पत्र काट्न लगाएकी हुन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो