राजनीति
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
बुधबार, १३ चैत २०८१, १८ : ०८

काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्ने प्रदर्शनको नारा तय गरेको छ। बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले प्रदर्शनको नारा तय गरेको हो।
नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ। यस्तै प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय भएको छ। प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चा का नेता महेन्द्र राय यादवले जानकारी दिए ।