शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

गोप्य जानकारी चुहावटले अमेरिकामा बबाल :  माइक वाल्ट्जले लिए ग्रुप च्याट लिकको जिम्मा

बुधबार, १३ चैत २०८१, १८ : ०३
बुधबार, १३ चैत २०८१

वासिङ्टन डीसी । यमनका हुथी विद्रोहीहरूमाथि अमेरिकी हमलासँग सम्बन्धित च्याट ग्रुपमा गोप्य जानकारी चुहावटको घटनाले अमेरिकामा बबाल भइरहेको छ । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भूलवश यो समूहमा एक पत्रकारलाई एड गरेका थिए ।

यो लापरबाहीको खबर बाहिर आएपछि अमेरिकामा हङ्गामा भयो । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मुद्दामा कुनै ध्यान दिइरहेका छैनन् । दुई महिनामा आफ्नो प्रशासनको यो एक मात्र गल्ती भन्दै उनले बचाउ गरिरहेका छन् ।

ट्रम्पले यस्तो भने पनि माइक वाल्ट्जले यो घटनाको पूरै जिम्मेवारी लिएका छन् । यमनमा अमेरिकी आक्रमण अघि वाल्ट्जले गल्तीले द एट्लान्टिक पत्रिकाका प्रधान सम्पादक जेफ्री गोल्डबर्गलाई एउटा समूहमा एड गरेका थिए । समूहमा १८ जना वरिष्ठ प्रशासनिक अधिकारीहरूले आक्रमण योजनाको बारेमा छलफल गरिरहेका थिए । वाल्ट्ज आफैँले यसलाई लज्जास्पद मानेका छन् ।

‘हो, यो लज्जास्पद छ,’ हामी यसको तल्लो तहसम्म पुग्नेछौँ । मैले भर्खरै एलन मस्कसँग कुरा गर्दै थिएँ । यो कसरी भयो भनेर अनुसन्धान गर्ने हामीसँग उत्कृष्ट प्राविधिक व्यक्तिहरू छन् । तर म शतप्रतिशत निश्चियका साथ भन्न सक्छु कि म यो मान्छे (जेफ्री गोल्डबर्ग)लाई चिन्दिन । उनी सबैभन्दा तल्लो दर्जाका पत्रकारहरूमध्ये हुन् । मलाई यति मात्र थाहा छ कि उनी राष्ट्रपतिलाई घृणा गर्छन्, तर म उनलाई सन्देश म्यासेज पठाउँदिन’ मङ्गलवार फक्स न्यूजसँग कुरा गर्दै वाल्ट्जले भनेका थिए । 

के भन्छन् ट्रम्प ? 

अत्यधिक संवेदनशील जानकारी चुहावट भएपछि डेमोक्रेटिक पार्टीका सांसदहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । गल्ती गम्भीर नभएको ट्रम्पले एनबीसी न्यूजलाई भनेका थिए । उनले उल्टै माइक वाल्ट्जको ओड लिए । 

माइकल वाल्ट्जले पाठ सिकिसकेका छन् र उनी एक असल मानिस हुन् ।’ वाल्ट्जको समर्थन गर्दै ट्रम्पले भने । गोल्डबर्गलाई  च्याट भइरहेको समूहमा जोडेको दोष बरु उनले उल्टै वाल्ट्जको एक अज्ञात सहयोगीमाथि लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप