पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?

वासिङ्टन डीसी । अमेरिकाले पाकिस्तानका सेना प्रमुखमाथि प्रतिबन्ध लगाउन सक्ने देखिएको छ । यस सम्बन्धमा अमेरिकी संसदमा एक विधेयक पेस गरिएको छ, जसमा पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरलाई राजनीतिक विपक्षीहरूलाई दबाएको आरोप लगाउँदै प्रतिबन्ध लगाउन माग गरिएको छ ।
विधेयकमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न पनि माग गरिएको छ । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार दक्षिण क्यारोलिनाका रिपब्लिकन सांसद जो विल्सन र क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद जिमी पनेटाले सोमबार संसदमा ‘पाकिस्तान डेमोक्रेसी एक्ट’ नामक विधेयक पेस गरेका छन् । यो द्विदलीय विधेयकमा जनरल असिम मुनीरमाथि जानाजानी राजनीतिक विरोधीहरूको दमन गर्ने र उनीहरूलाई जेलमा राख्ने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
विधेयकमा पाकिस्तानी सेना प्रमुखमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ । यो विधेयक पारित भयो भने पाकिस्तानी सेना प्रमुख अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकामा रहेको उनको सम्पत्ति पनि जफत हुनेछ । उक्त विधेयकमा पाकिस्तानी सेना प्रमुखका साथै अन्य धेरै व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउन माग गरिएको छ ।
विधेयक प्रस्तुत गर्ने जो विल्सनले पूर्व प्रधानमन्त्री इमरान खानलाई राजनीतिक जेलमा राखिएको आरोप लगाउँदै यसको लागि पाकिस्तानी सेनालाई जिम्मेवार ठहराएका छन् । धेरै मुद्दामा दोषी ठहरिएपछि इमरान खानले जेल सजाय भोगिरहेका छन् । इमरान खानलाई अगस्ट २०२३ मा पक्राउ गरिएको थियो र हाल उनी रावलपिंडीको उच्च सुरक्षायुक्त आदियाला जेलमा छन् ।
इमरान खानको पार्टीका अनुसार पूर्व प्रधानमन्त्री विरुद्ध २०० भन्दा बढी मुद्दा दर्ता भएका छन् । जसमध्ये केहीमा उनलाई दोषी पनि ठहराइएको छ । विल्सनले यस विषयमा राष्ट्रपति ट्रम्पलाई पत्र पनि लेख्दै पाकिस्तानी सेनामाथि दबाब दिन अपिल पनि गरेका छन् । उनले इमरान खानलाई रिहा गर्न माग पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम
-
शार्फु–४ मा पहिलो पटक मानव पाइला
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा