एमआरपी मूल्य नराखी बिक्री वितरण गरे वाणिज्य विभागले कारबाही गर्ने

काठमाडौँ । सरकारले बजार बिक्री गरिने सम्पूर्ण वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री गरे कारबाही हुने जनाएको छ । बजारमा खुलमखुला रूपमा एमआरपी नराखी बस्तु बिक्री वितरण गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण विभागले कारबाही गरिने जानकारी दिएको छ ।
बुधवार विभागमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नियमित रूपमा अनुगमन गर्ने जानकारी दिँदै एमआरपी मूल्य नराखी तथा लेबल नराख्ने रिलेबलिङ गर्ने व्यापारीलाई कारबाही हुने जानकारी दिए ।
‘मङ्गलवार काठमाडौँ उपत्यकाका निर्माण सामग्री बिक्रेता कम्पनीहरूकहाँ अनुगमनमा जाँदा एमआरपी नराखी बिक्री गरेको विभागले फेला पारेको छ ,’ उनले भने, ‘उनीहरूले अनुगमन हुन्छ भन्ने जानकारी नभएको पनि बताएका छन् । हाम्रो नियमित, आकस्मिक र संयुक्त अनुगमन हुँदै आएको छ । व्यापारीलाई तर्साउन होइन स्वच्छ र प्रतिस्पर्धी बजार बनाउने सन्दर्भमा अनुगमन गर्ने हो ।’
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेबलमा सर्वसाधारणले बुझ्ने गरी उल्लेख गर्नुपर्ने व्यवस्था छ । साथै नेपालभित्र उत्पादन भएका वस्तुहरू भए उत्पादकले र आयात गरिएका वस्तुहरू भए आयातकर्ताले नेपाली वा अंगे्रजी भाषामा अधिकतम खुद्रा बिक्री मूल्य लेख्नुपर्ने उल्लेख छ । सोबाहेक अन्य वस्तुहरू बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । तर उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनको विपरीत केही उत्पादक र पैठारीकर्ताहरूले बिना लेबलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको बताएका छन् ।
ऐनको भावना मर्म विपरीत अब उप्रान्त काम गरे कारबाही हुने उनको भनाइ छ । ‘कुनै पनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेबलमा उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति अधिकतम खुद्रा बिक्री मूल्य परिमाण तौल गुणस्तर उल्लेख गरिनुपर्नेछ,’ उनले भने,‘उल्लेखित विवरण र सोमा हुनुपर्ने विवरण उल्लेख गरी बिक्री वितरण गर्न अनुरोध छ ।’
बिना लेबलका वस्तुहरू बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने समेत बताए । ‘लेबल नराखी वस्तु बिक्री गरेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ,’ उनले भने, ‘अवस्था हेरी जरिवाना लगाउने, वस्तु जफत गर्ने लगायतका कारबाही गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित