कुलमान बर्खास्तीको विरोधमा माओवादी निकट जनप्रगतिशील मञ्चहरू

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाइएकोमा माओवादीनिकट यूएई, बहराईन, साउदी अरब, इजरायल, दक्षिण कोरिया लगायतका जनप्रगतिशील मञ्चले विरोध जनाएका छन् ।
माओवादीनिकट मञ्चले एक विज्ञप्ति जारी गर्दै लोडसेडिङको चर्को मार खेपिरहेको समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ऊर्जा मन्त्री जनार्दन शर्माद्वारा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि आम जनताले कल्पनासमेत नगरेको लोडसेडिङ अन्त्य भई घाटामा गएको प्राधिकरणसमेत नाफामा गएको यथार्थ भएको उल्लेख गरिएको छ ।
मञ्चले विज्ञप्तिमा दलाल माफिया र बिचौलियाको दिशानिर्देशमा सञ्चालित वर्तमान गठबन्धन सरकारले व्यापारीहरूबाट उठाउन बाँकी प्राधिकरणको बक्यौता मिनाहा गर्न नमानकै आधारमा घिसिङलाई पदबाट हटाउने काम गरेको आरोप लगाएको छ ।
सरकारको यो कदम निन्दनीय र आपत्तिजनक रहेको भन्दै मञ्चले दुई तिहाईको दम्भमा गरिएको यो निर्णयको निन्दा गरेको छ ।
प्रगतिशील मञ्चहरूको छुट्टाछुट्टै विज्ञप्तिमा वर्तमान सरकारले दलाल, बिचौलिया र माफियाहरूकै संरक्षण गरेको तथा महँगी र भ्रष्टाचारलाई बढावा दिँदै राष्ट्रसेवक कर्मचारीहरूलाई हतोत्साहित बनाउने काम गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ