नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड

काठमाडौँ । नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ । त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने प्रवक्ता हरि ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने उनले बताए ।
नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन(नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम
-
३१ वर्षअगाडिको भ्रष्टाचार मुद्दामा भारतमा पूर्वमन्त्रीसहित पाँच जनालाई जेल सजाय
-
शार्फु–४ मा पहिलो पटक मानव पाइला
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा