३५ वर्ष बसेका जोडीलाई अमेरिकाले गर्यो डिपोर्ट

वासिङ्टन डीसी । डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनको प्रशासनले अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेको छ । प्रशासनले अवैध रूपमा बसिरहेका विदेशीलाई धमाधम डिपोर्ट गरिरहेको छ ।
यसै क्रममा प्रशासनले विगत ३५ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक जोडीलाई उनीहरूको जन्मभूमि कोलम्बियामा निर्वासित गरेको छ । ती दम्पतीका छोराछोरी अमेरिकी नागरिक भएकाले उनीहरूलाई चाहिँ अमेरिकामै छोडिएको छ ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार ती जोडी अमेरिकामा अवैध रूपमा बस्दै आएका थिए । तर अथक प्रयास गर्दा पनि उनीहरूले अमेरिकी नागरिकता पाउन सकेनन् । फेब्रुअरी २१ मा जोडी नियमित अनुसन्धानको लागि अमेरिकी आप्रवासन भन्सार तथा प्रवर्तन कार्यालय पुगेका थिए ।
यसपछि उनीहरूलाई करिब तीन हप्ता अघि हिरासतमा लिइयो । केही दिन हिरासतमा राखेपछि दुबैलाई मार्च १८ मा कोलम्बिया पठाइएको छ । ती जोडीको पहिचान ग्लेडिस गोन्जालेज र नेल्सन गोन्जालेजको रूपमा गरिएको छ । दुवैको उमेर क्रमशः ५५ वर्ष र ५९ वर्ष छ ।
अमेरिकामा छन् दम्पतीका छोराछोरी
देश निकाला भएपछि दम्पतीको परिवार निराश छ । यो दम्पतीका तीन छोरीहरू छन् । यीमध्ये सबै अमेरिकी नागरिक हुन् । आमाबाबु गत महिना सान्ता आनाको अध्यागमन अदालतमा गएको उनीहरूको छोरी स्टेफनी गोन्जालेजले मिडियालाई बताइन् । बाउआमाले सन् २००० देखि त्यसो गर्दै आएका थिए । आफ्ना आमाबाबु कानुन पालना गर्ने व्यक्ति भएको र कहिल्यै कानुन तोडेका नभएको दम्पतीको छोराछोरीको भनाइ छ ।
चार दशकदेखि अमेरिकामा परिवार बसाउँदै आएका जोडीलाई अचानक निर्वासन गर्दा आफूहरू स्तब्ध र दुःखी दुवै भएको परिवारले भनेको छ । उल्लेखनीय छ कि राष्ट्रपति ट्रम्प सत्तामा आएदेखि नै अमेरिकामा बसोबास गर्ने अवैध आप्रवासीहरूलाई देश निकाला तीव्र पारको छन् । अहिलेसम्म हजारौँ मानिसहरूलाई अमेरिकाबाट देश निकाला गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन सदनमा पेस
-
स्याल र बाघको कथा सुनाउँदै ओलीले भने- फटाहा कुरा गर्नेहरू स्थापित फटाहरू नै हुन्
-
प्रचण्डलक्षित एमाले सांसद गिरीको टिप्पणी: आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरियो
-
तितेकरेलामा भेटियो विषादी
-
कसरी भयो प्रहरी र शिक्षकहरूबिच झडप ?
-
देउवाको थाइल्यान्ड भ्रमणबाट सार्वभौमिकता प्रस्ट भयोः विप्लव