‘एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन् ।
विपक्षी दलले नियोजित रूपमा संसदलाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारबाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए । उनले यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे ।
उनले कानुन बमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुला रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन
-
तीनकुने घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न राप्रपाको माग
-
तीनकुने घटनाको छानबिनका लागि छुट्टाछुट्टै तीन आयोग गठन गर्न राप्रपाको माग
-
रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम
-
३१ वर्षअगाडिको भ्रष्टाचार मुद्दामा भारतमा पूर्वमन्त्रीसहित पाँच जनालाई जेल सजाय
-
शार्फु–४ मा पहिलो पटक मानव पाइला