राजनीति
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
बुधबार, १३ चैत २०८१, १६ : ४५

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक सुरु भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार अपराह्नदेखि बैठक सुरु भएको हो ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो । सोही प्रदर्शनको विषयमा आवश्यक रणनीति बैठकले तय गर्ने मोर्चाका एक नेताले बताए ।
सोही दिन व्यवस्था विरोधी दल तथा समूहले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?