शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने

बुधबार, १३ चैत २०८१, १६ : ३५
बुधबार, १३ चैत २०८१

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्दैछ । ‘अजेय :द अनटोल्ड स्टोरी अफ अ योगी’ नामको उक्त फिल्म एक साथ ५ भाषामा रिलिज हुने जनाइएको छ ।

यसै वर्ष रिलिज हुने उक्त फिल्ममा योगी आदित्यनाथको जीवनका विभिन्न पक्षलाई उतारिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्ममा योगी आदित्यनाथको भूमिकामा अनन्त जोशीले अभिनय गर्दैछन् । उक्त फिल्ममा परेश रावल, दिनेशलाल यादव ‘निरहुआ’, अजय मेंगी, पवन मल्होत्रा, राजेश खट्टर, गरिमा सिंहले समेत अभिनय गरेका छन् । फिल्मलाई हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायम भाषामा रिलिज गर्ने जनाइएको छ ।

yyy

सम्राट सिनेमेटिक्सको ब्यानरमा उक्त फिल्म निर्माणाधीन छ । फिल्ममा योगी आदित्यनाथको जीवनको सुरुवाती अध्यायदेखि नाथपन्थी योगीका रूपमा सन्न्यास लिने निर्णय, उत्तर प्रदेशको सामाजिक–राजनीतिक आयामलाई नयाँ रूप दिने नेताका रूपमा उनले हासिल गरेको सफलतालाई समेटिएको निर्माण पक्षको भनाइ छ ।

फिल्मका निर्देशक रवीन्द्र गौतमले भने, ‘यो फिल्म देशका युवालाई अविश्वसनीय रूपमा प्रेरणा दिनेछ, जो उत्तराखण्डको एउटा गाउँको साधारण मध्यमवर्गीय परिवारमा जन्मिएको व्यक्ति भारतकै सबैभन्दा धेरै जनसंख्या भएको राज्यको मुख्यमन्त्री बन्दासम्मको जीवन–संघर्षलाई चित्रण गर्दछ ।’

उक्त फिल्मको ‘फस्ट लुक’ हालै सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप