दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु

सोल । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा सुख्खा मौसम र हुरीका जङ्गलमा आगलागी फैलिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म यस घटनामा अरू १९ जना घाइते भएका छन् । अहिलेसम्म २७ हजार मानिसहरूलाई आगलागीबाट उद्धार गरिएको सरकारी अधिकारीहरूले बुधवार भनेका छन् ।
सुख्खा हावाका कारण अग्नि नियन्त्रकहरू धेरै क्षेत्रमा लागेको डढेलो निभाउने प्रयासरत थिए । यस क्रममा अन्डोङ शहर र अन्य दक्षिणपूर्वी सहरका अधिकारीहरूले मंगलबार मानिसहरूलाई घर छोड्न आदेश दिएका थिए । आगलागीले ४३ हजार एकडभन्दा बढीको क्षेत्र जलेर खरानी भएको छ । उइसोङमा रहेको १ हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर गौन्सा पनि आगलागीबाट नष्ट भएको छ ।
तर, यस क्रममा कोही मान्छे घाइते भएकोबारे तत्काल कुनै जानकारी आएको छैन । काठका भवनहरूमा आगो पुग्नु अघि नै ढुङ्गाको बुद्धको मूर्ति सहित मन्दिरका केही राष्ट्रिय सम्पदाहरू खाली गराइएको थियो ।
५५०० भन्दा बढी मानिसहरूले छोड्नु पर्यो आफ्नो घर दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयका अनुसार एन्डोङ, उइसोङ, सान्चेओङ र उल्सान सहरहरूमा ५ हजार ५०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर खाली गर्न लगाइएको छ । अग्निनियन्त्रकहरूले सबैभन्दा ठुला आगो निभाइसकेको तर सुख्खा मौसमले उनीहरूको प्रयासमा बाधा पुर्याएर आगो फेरि भड्किएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका थिए ।
आगो निभाउन लगभग ९ हजार अग्निनियन्त्रक, १३० भन्दा बढी हेलिकप्टर र सयौँ सवारी साधन परिचालन गरिएको थियो । तर रातभरि हुरीका कारण आगो निभाउने प्रयासहरूलाई आंशिक रूपमा बाधा पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो
-
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
-
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
-
भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू