शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल

बुधबार, १३ चैत २०८१, १६ : १८
बुधबार, १३ चैत २०८१

मड्रिड । रियल मड्रिडले लिभरपुलका फुल ब्याक ट्रेन्ट अलेक्सान्डर आर्नोल्डलाई फ्रि–ट्रान्सफरमा भित्र्याउन छलफल सुरु गरेको छ । नयाँ सिजनको सुरुवात अघि नै स्पेनिस महारथी इंग्ल्याण्डका खेलाडीसँगको सम्झौता सुनिश्चित गर्ने प्रयासमा रहेको हो ।

बीबीसी स्पोर्टका अनुसार दुई पक्षबिच स्थानान्तरणको विषयमा सहमति जुट्ने अन्तिम चरणमा रहेको छ । यद्यपि, हालसम्म कुनै औपचारिक पत्रमा हस्ताक्षर भने भएको छैन ।

अलेक्सान्डर आर्नोल्ड र लिभरपुलबिचको करार सम्झौता अब तीन महिना मात्र बाँकी रहेको छ । यो समाप्त भएसँगै उनी नयाँ चुनौती स्वीकार गर्न स्वतन्त्र हुनेछन् ।

रियलले २६ वर्षीय डिफेन्डरलाई भित्र्याउने आफ्नो प्रमुख लक्ष्य बनाएको छ । क्लबले उनलाई विगत दुई वर्षदेखि पछ्याइरहेको छ । 

यता,  अलेक्सान्डर आर्नोल्डले लिभरपुलका लागि ३ सयभन्दा बढी खेल खेल्दै सबै मुख्य ट्रफीहरु पनि जितेका छन् । उनी क्लबको उपकप्तान पनि हुन् ।

६ वर्षको उमेरमा लिभरपुलको एकेडेमीमा आबद्ध भएका उनले सन् २०१६ को अक्टोबरमा योर्गन क्लपको नेतृत्वमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।

उनले प्रिमियर लिग, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि उचालिसकेका छन् । उनले सन् २०२१ मा क्लबसँग चार वर्षका लागि नयाँ करार सम्झौता गरेका थिए । उनले त्यसपछि लिग कप र एफए कप पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप