सडकको स्तरअनुसार रुट अनुमति दिनुपर्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनुपर्ने बताएका छन् । यातायात मिडिया नेटवर्कले बुधवार काठमाडौँमा आयोजना गरेको ‘सरकारको यातायात नीति –अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मन्त्री दाहालले ग्रामीण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरी यातायातको पहुँच विस्तार गरिनुपर्ने पनि बताए । त्यसक्रममा उनले यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरी कार्यान्वयन गरिने समेत बताए ।
व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनुपर्नेमा र सडकको स्तरअनुसार रुट अनुमति दिइनुपर्ने उनको भनाइ छ । यातायात व्यवस्थापन, सञ्चालन र नियमलाई प्रभावकारी बनाउन नवीनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धति अवलम्बन हुनेगरी आवश्यकताअनुसार कानूनी तथा संस्थागत पुनर्संरचना गरिने उनको तर्क छ ।
सहरी विकास योजना र भूउपयोगसँग सामञ्जस्य कायम राख्दै बृहत् परिवहन सहितको एकीकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उनको भनाई छ । आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात् कार्यान्वयन योग्य आयोजनाको सूची सहितको आयोजना बैङ्क तयार गरी प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताए ।
सडक बोर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु
-
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
-
बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन
-
गायक शर्माको टिप्पणीः हिजोको गतिविधि हेर्दा त जनता नै फेर्नुपर्ने देखियो
-
मित्र राप्रउ पोखरेललाई सम्झनाका लहराहरूबाट श्रद्धासुमन