शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

बुधबार, १३ चैत २०८१, १५ : ४९
बुधबार, १३ चैत २०८१

काठमाडौँ । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ । 

चैत १० देखि लागु गरिएको सो अफर अन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निशुल्क आफ्नो बाइकको फ्री–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् । 

रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा यो ब्रान्ड बिक्री–वितरण थाले पश्चात् बाइक आपूर्ति मात्र नगरी आवश्यक पार्ट्स र बिक्री पछिको सेवा समेत गुणस्तरीय बनाएको बताइएको छ । 

नेपालमा बाइक भित्र्याएसँगै कम्पनीले सर्भिस क्याम्पका साथ व्यावसायिक विस्तार समेत गरिरहेको छ । हालै कम्पनीले उपत्यका भित्र तथा बाहिर गरी लगभग ४० जना ग्यारेजका प्रतिनिधिहरूलाई कम्पनीका सीएफमोटो सर्भिस र ट्रेनिङ टिममार्फत तालिम समेत प्रदान गरेको जनाएको छ । 

केही दिन पहिले सम्पन्न रेस वार्स प्रतियोगितामा समेत सीएफमोटो २५० एनके बाइकले पहिलो स्थानको जित हासिल गरेको थियो । हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप