सेयर बजारमा हरियालीः परिसूचक ४० अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ४० दशमलब ४७ अंकले बढेर २६२३ दशमलब ४७ अंकमा पुगेको हो । बजार परिसूचक बढे पनि कारोबार भने घटेको छ । मंगलबार ५ अर्ब माथि रहेको कारोबार आज ४ अर्ब १९ करोडमा सीमित भएको हो ।
आज बजारमा २४३ वटा सेयर स्क्रिपमध्ये २३१ वटाको मूल्य बढेको छ भने १२ वटाको मूल्य घटेको छ । आज बजारमा सबै समूहको सूचक बढेको छ । त्यसमध्ये जीवन बीमा र अन्य समूहको मूल्य २ प्रतिशत भन्दा धेरैले बढेको छ । उत्पादनमूलक, ट्रेडिङ र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशत भन्दा कमले बढेको छ भने बाँकी समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज पनि बजारमा कुनै पनि शेयरमा नकारात्मक र सकारात्मक सर्किट लागेको छैन । आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी माउन्टेन हाइड्रो, स्वेतगंगा, मनकामना इन्जिनियरिङ रहेको छ । ती कम्पनीहरुको शेयर ५ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि रहेका छन् । कारोबार संख्यामा समेत हिमालयन रिइन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर अगाडि रहँदा कारोबार भएको शेयर संख्या सानिमा ग्रोथ फण्ड र हिमालय रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु
-
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
-
बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन