डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गर्दै सरकारले माग्यो सुझाव

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त कस्यौदा सार्वजनिक गरेको हो । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २।० को मस्यौदा अध्ययन गरी सात दिनभित्र सुझाव पेस गर्ने समेत माग गरेको छ ।
सरकारले पहिलोपटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । उक्त फ्रेमवर्कलाई परिमार्जित एवं संशोधित गरेको छ । परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० आर्थिकरूपमा रेजिलियन्ट, समावेशी र जलवायुमैत्री रहेको मस्यौदामा उल्लेख छ ।
यसले नेपालको डिजिटल रूपान्तरणमा भविष्यका लागि तयार डिजिटल पूर्वाधार, डिजिटल सेवामा पहुँच, सिप तथा डिजिटल साक्षरता र डिजिटल अर्थतन्त्रको रूपान्तरणका क्षेत्रमा काम गर्ने विषय समेटेको छ । डिजिटल नेपाल फ्रेमवर्कक २.० को कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पनासमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ