शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

कामै नगरी भुक्तानी, खप्तडछान्नाका पूर्व गाउँपालिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, १३ चैत २०८१, १४ : ३८
बुधबार, १३ चैत २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा ४ का वडाअध्यक्ष भीम बहादुर रोकाया,  तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेषमा आरोपपत्र दायर भएको हो ।
आर्थिक वर्ष २०७६७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर कामै नगरी २०७७र७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा फिल्डमा काम सम्पन्न नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएको थियो ।
अख्तियारले उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप