स्थगित प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने
बुधबार, १३ चैत २०८१, १४ : ३७

काठमाडौँ । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आजै ३ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरेको सूचना जारी दिँदै बुधवार ३ बजे बस्ने जनाएका छन् ।
बुधवार ११ बजे पछि सुरु भएको बैठकमा विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अपमानपूर्वक हटाएको भन्दै त्यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान राखेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहलाई रु.१ लाख जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड