संसद्
राष्ट्रियसभा बैठकमा पनि विपक्षीले मागे कुलमानबारे जवाफ
बुधबार, १३ चैत २०८१, १४ : २२

काठमाडौँ । प्रतिनिधिसभापछि राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीलाई समय दिएका थिए ।
अछामीले राष्ट्रसेवक कर्मचारी घिसिङको बर्खास्ती अपमानपुर्वक भएको भन्दै प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । विपक्षीको अडानपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक १५ मिनेटका लागि स्थगित गर्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू
-
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
-
केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत