वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलतः बेलायत
बुधबार, १३ चैत २०८१, १४ : १४

बेलायत । इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ ।
यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पुर्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिश फाल्कनरले बताउनुभएको छ ।
इजरायलले बस्ती विस्तार रोकी वेस्ट बैङ्कको अस्थित्वलाई जोगाउनु पर्ने उहाँले बताउनुभएको छ ।
इजरायली मन्त्रीपरिषद्ले केही दिन अघि कब्जा गरिएको वेस्ट बैङ्कमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भामती : स्त्री रहस्यको एक उदाहरण
-
मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
-
राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
-
पत्रकार हत्याको विरोधमा सर्लाहीमा प्रदर्शन
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग