शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

ओसन कप यू–१३ राष्ट्रिय फुटबलको १० औँ संस्करणमा १२ टोली

बुधबार, १३ चैत २०८१, १४ : १३
बुधबार, १३ चैत २०८१

काठमाडौँ । गोरखाको द ओसन क्लबले ‘ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता’ को १०औँ संस्करण चैत २८ देखि २०८२ साल वैशाख १ गतेसम्म आयोजना गर्ने भएको छ । गोरखा भ्रमण वर्ष २०२५ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहने छ । त्यसमध्ये नौवटा टोली गोरखा जिल्ला बाहिरका हुन् । प्रतियोगितामा ललितपुरको थ्रिस्टार क्लब, काठमाडौँको समाज कल्याण खेलकुद केन्द्र क्लब र काठमाडौँकै जी एन्ड ए एकेडेमीको सहभागिता रहनेछ ।

यसैगरी, कैलालीको घोडाघोडी फुटबल क्लब, उदयपुरको कटारी टाइगर फुटबल क्लब, बाराको नव जनजागृती भेट्रान्स क्लब, चितवनको पटिहानी फुटबल क्लब, चितवनकै नारायणगढ फुटबल क्लब र पर्वतको मार्दिखोला युनाइटेड क्लब पनि प्रतियोगितामा हभागी हुनेछन् । 

यसैगरी प्रतियोगितामा गोरखा जिल्लाका तीनवटा टोलीको सहभागिता रहने छ । गोरखाबाट द ओल्ड क्यापिटल मावि, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र हिली फिल्डर्स सहभागी हुनेछन् । लिग कप नकआउटका आधारमा खेलाइने प्रतियोगितामा कुल ३९ खेल हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप