शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्ने

बुधबार, १३ चैत २०८१, १४ : ०९
बुधबार, १३ चैत २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । वैदेशिक अध्ययन गर्न साईप्रस जाने नेपालीहरूका लागि साईप्रसका सात वटा विश्वविद्यालयका लागि एनओसी जारी गर्ने प्रस्ट पारेको हो ।

इजरायलस्थित नेपाली राजदूतावासले साईप्रसका विश्वविद्यालयहरूको अनुगमन गरेको थियो । सोही आधारमा प्रतिवेदन तयार पारेर सात वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्नु उपयुक्त रहेको जनाएको थियो । 

साईप्रसमा रहेका अन्य कुनै पनि कलेजहरूमा शैक्षिक स्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनी परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराएको थियो । 

सोही आधारमा शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सात वटा विश्वविद्यालयमा मात्र एनओसी जारी गर्ने जनाएको हो । ती बाहेक अन्य कुनै पनि कलेजहरूमा एनओसी जारी नगर्ने मन्त्रालयले प्रस्ट पारेको हो । 

Cyprus NOC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप