काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा मार्चपास गरेको छ । संघको केन्द्रीय कमिटीले काठमाडौँको तीनकुनेमा मार्चपासको आयोजना गरेको हो ।
नेपाली जनताको लामो बलिदानी संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षार्थका साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गर्न राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाई छ। मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन नेकपा एमालेले देशभर अभियान चलाइरहेको छ।
१ प्रतिक्रिया