रिंकु सदा मृत्यु प्रकरण : एक अभियुक्तलाई कारागार पठाउने अदालतको आदेश
_fz6zw54Ihb.jpg)
काठमाडौँ । सिराहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका एक अभियुक्तलाई सिराहा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले घटना मिलाउन पञ्चायती बस्ने वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
अन्य प्रतिवादीहरू विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामकृपाल मण्डल, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । गएको ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्युअघि शौच गर्न जाँदा चार जना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी