शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टरको अध्यक्षमा दीपेन्द्र रावलले उम्मेदवारी दिने

बुधबार, १३ चैत २०८१, १३ : २७
बुधबार, १३ चैत २०८१

काठमाडौँ । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि पत्रकार दीपेन्द्र रावलले उम्मेदवारी दिने भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुन लागेको सन्दर्भमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । 

 २०५६ सालदेखि पत्रकारितामा संलग्न उनले त्यतिबेला जनादेश, सुर्खेत पोस्ट, जनआह्वानको लागि अछाम, कालिकोट र बाजुराको संवाददाता  भएर काम गरेका थिए । 

यस्तै २०५८ देखि २०५९ विभिन्न जनपक्षीय पत्रकारितामा संलग्न उनी  २०५९ असारमा  पत्रिकाकै कामको क्रममा बम विस्फोटमा परि घाइते भए । घाइते अवस्थामा उपचारको क्रममा रहँदा पनि नेपाल र भारतमा बसेर उनी पत्रकारितामै सक्रिय थिए । 

२०६१ मा युद्ध भूमिबाटै पुनः जनसन्देश पत्रिकामा आबद्ध उनी २०६४ मा जनदिशा दैनिकमा सुदूरपश्चिमका युद्ध क्षेत्रको रिपोर्टिङमा सक्रिय रहे । 

यस्तै २०६९ बाट संवाद डबली र अनलाइन डबली डटकमको हालसम्म नेतृत्व  रहेका उनी  हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र एशोसिएट प्रदेशको इन्चार्ज रहेका छन् । 

उनले आफू नेतृत्वमा पुगेको खण्डमा पत्रकारको हकहितकाका साथै पत्रकारको क्षमता अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै पार्टी र नेतृत्वले देश र जनताको पक्षमा गरेका कामलाई जनस्तरमा पुऱ्याएर जनमत सिर्जना गर्न लागिपर्ने, सबै जनवर्गीय संगठनबीच गतिविधिलाई लक्षित वर्गमा पुऱ्याउन समन्वयात्मक भूमिका खेल्ने, सञ्चारमाध्यम उपयोग गरेर युवा नेतृत्वको विकास र सिंगो पार्टी चलायमान बनाउन भूमिका खेल्ने, संगठनमा आवद्ध पत्रकारको वृत्ति विकास र भइपरि आउने समस्या समाधानका लागि केन्द्र र प्रदेशमा अक्षय कोष स्थापना गर्ने जस्ता एजेन्डा अघि सारेका छन् । 

यस्तै काठमाडौँमा आफ्नै केन्द्रीय कार्यालय र सबै प्रदेशका सम्पर्क कार्यालय स्थापना पर्ने,  नेपाली पत्रकारितालाई समाजवाद उन्मुख धारमा लैजान पहल र नेतृत्व गर्ने लगायतका एजेन्डा पनि उनले अघि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप