नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै कर्मचारीको विरोध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् ।
उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए । उनले सरोकारवालासँग कुनै छलफल नगरी ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे ।
सरकारले ल्याएको विधेयक विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त