शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

समाजवादी मोर्चाको बैठक चार बजे

बुधबार, १३ चैत २०८१, १३ : १८
बुधबार, १३ चैत २०८१

काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

सोही दिन व्यवस्था विरोधीहरुले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप