नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति
बुधबार, १३ चैत २०८१, १३ : १३

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् ।
नरैनापुर–४ जयरामपुर्वामा मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली