अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने

काठमाडौँ । सिमेन्ट उद्योगी र फलामे छड (डन्डी) उद्योगीलाई फ्याक्ट्री मै अधिकतम खुद्रा मूल्य (एमआरपी) राखेर बिक्री गर्नुपर्ने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै उद्योगीहरूलाई एक साताभित्र एमआरपी मूल्य राखेर मात्र बिक्री गर्न निर्देशन दिएको छ ।
मंगलबार विभागमा सिमेन्ट र फलामे डन्डीको मूल्य वृद्धिबारे छलफल थियो । उक्त छलफलमा मूल्य घटाउने भन्दा सिमेन्ट र फलामे डन्डी उद्योगीलाई एमआरपी मूल्य राख्न निर्देशन दिइएको र उद्योगीहरूले सहमति जनाएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।
‘हिजो विभागमा उद्योगीहरूसँग सिमेन्ट र फलामे डन्डीको मूल्य बढाउनुको कारणबारे छलफल थियो,’ महानिर्देशक दाहालले भने, ‘छलफलमा डन्डी र सिमेन्टमा मूल्य घटाउने भन्दा पनि अबदेखि सिमेन्टको बोरामा र फलामे छडको एमआरपी मूल्य राखेर बिक्री गर्न बजार पठाउने सहमति भएको छ । सात दिनभित्र तयारी गरेर आउँछौँ भनेका छन् ।’
दाहालका अनुसार फरक–फरक उद्योगीले आफ्नो उत्पादन लागतअनुसार फरक फरक मूल्य निर्धारण गर्न पाउने छन् । तर यसपछि उद्योगीहरूले जथाभाबी रूपमा मूल्य बढाउन नपाउने उनको तर्क छ ।
‘अहिलेसम्म एमआरपी राखेकै छैनन् । उद्योगीलाई एमआरपी मूल्य राख्ने स्वतन्त्रता छ । उत्पादन लागतअनुसार एमआरपी मूल्य निर्धारण गर्नेछन् । यसपछि बजारमा मूल्य घटबढ भएकोबारे सहजै जानकारी हुन्छ । र मूल्य नियन्त्रण गर्न सहज हुन्छ । एमआरपी फ्याक्ट्रीमै राखेर पठाउने निर्णय भएको छ । सायद अर्को हप्तादेखि निर्धारण हुन्छ ,’ उनले भने ।
पछिल्लो समय उद्योगीले मनपरी ढङ्गले कार्टेलिङ गरी मूल्य बढाएको भन्ने आरोप प्रत्यारोप छ । यस विषयमा कति मूल्य बढ्यो भन्ने विषयमा डिलरलाई सोध्दा फ्याक्ट्रीले भन्छन् फ्याक्ट्रीलाई सोध्दा डिलरले भन्छन् । एमआरपी मूल्य निर्धारण भएपछि कहाँ कसले कति मूल्य बढायो भन्ने विषयमा सहजै थाहा हुने उनको भनाइ छ । एमआरपी मूल्य राखिसकेपछि सिमेन्ट र डण्डीको मूल्य समायोजन गर्ने बताए ।
‘लोडसेडिङ कति बढ्दा कति मूल्य निर्धारण गर्ने यसको सूचीसमेत राख्न भनेको छु । लोडसेडिङ बढ्दा मूल्य जतिको त्यति राखेर उद्योगलाई फाइदा हुँदैन । सरकारले १२ घण्टा लोडसेडिङ गरिदिने अनि मूल्य जतिको त्यति निर्धारण गरेर हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु
-
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा