शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
समाचार

इटहरीमा आगलागी अपडेट : उद्धार गर्नुपर्ने थप भेटिएन, आगलागी नियन्त्रणको प्रयास जारी

बुधबार, १३ चैत २०८१, १२ : २८
बुधबार, १३ चैत २०८१

सुनसरी । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीमा उद्धार गर्नुपर्ने थप कोही नभेटिएको गृह मन्त्रालयले जानकारी दिएको छ । आगलागीमा उद्धारका लागि सेनाको हेलिकप्टर पुगे पनि सबैको उद्धार भइसकेको थियो । हाल हेलिकप्टर नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।

यता, मन्त्रालयले भने उद्धार भएका व्यक्तिहरुको संख्या संसोधन गर्दै ८ पुरुष र ३ जना महिलाको उद्धार गरेको जनाएको छ । यसअघि मन्त्रालयले १६ जनाको उद्धार गरिएको बताएको थियो ।

बिहान करिब १० बजेर १५ मिनेट जाँदा सेन्टरको चौथो तल्लामा सुरु भएको थियो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र १२ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

आगलागीबाट फैलिएको धुँवाका कारण दुई जना समान्य घाइते भएकाले अस्पताल लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप