जित्नैपर्ने दबाबमा रहेको एपीएफ क्लबलाई कोशी प्रदेशले दियो २५५ रनको लक्ष्य

काठमाडौँ । फाइनल प्रवेशको सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाबमा रहेको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कोशी प्रदेशबाट दुई सय ५५ रनको लक्ष्य पाएको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५४ रन बनाएको हो । कोशी प्रदेश यसअघि उपाधि होडबाट बाहिरिइसकेको छ । जारी प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले आफ्नो अन्तिम खेल खेलेको हो । एपीएफ प्रदेशले यसअघि खेलिएको आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । एपीएफ क्लब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।
आठ खेल खेलेको नेपाल पुलिस क्लब सबै खेल जित्दै १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । पुलिस क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको त्रिभुवन आर्मी क्लब सात जित र एक हारबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
आर्मी क्लबले आफ्नो अन्तिम खेल बिहीबार पुलिस क्लबसँग खेल्नेछ । बुधबारको खेलमा विजयी भए एपीएफ क्लबको पनि १४ अंक हुनेछ । त्यसैले कोशी प्रदेशलाई हराउन सके एपीएफ क्लबको अगाडि बढ्ने सम्भावना जिवित रहने छ । तालिकाको माथिल्ला दुई टोली फाइनलमा पुग्ने प्रावधान छ ।
बुधबारको खेलमा कोशी प्रदेशका लागि ओपनर सकिब हकले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । यस क्रममा उनले ६३ बलको सामना गरी ११ वटा चौका पनि हिर्काए । कप्तान अंकित सुवेदीले पनि २३ बलमा एक छक्का र चार चौकाको मद्दतले ३५ रन बनाए ।
आशिष भट्टराईले टोलीको खातामा ३४ रन थपे । उनले ५७ बलमा पाँच चौका प्रहार गरे । सुजन थपलियाले ५७ बलमा दुई चौकाको मद्दतले ३३ रन बटुले । ओपरन चिराग शाहले ४८ बलमा चार चौकाको मद्दतले २४ रन बनाए ।
दिपेश कँडेलले पनि १२ रन जोडे । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि २० रन पायो । एपीएफ क्लबका बलर अभिषेक गौतम र मौसम ढकालले तीन–तीन विकेट लिए । रोहित पौडेलले पनि दुई विकेट हात पारे । इर्शाद अहमद र अमर रौतेलाले पनि एक–एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी