शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

इटहरीमा आगलागीमा फसेकाको उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

बुधबार, १३ चैत २०८१, १२ : १२
बुधबार, १३ चैत २०८१

काठमाडौँ । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी फसेकाहरूका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । 

आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकप्टर पठाएको मन्त्री लेखकको सचिवालयले जनाएको छ । 

इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप