नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त
बुधबार, १३ चैत २०८१, १२ : ०८

काठमाडौँ । नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।
बैंकको सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ ।
बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो ।
प्रमुख कार्यकारी अधिकृत ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर भन्ने दौडमा छन् । ज्ञवाली ज्योति विकास बैंकको सीईओ भइसकेका छन् । ज्ञवालीसँग बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक र ज्योति विकास बैंकमा गरी करिब २५ वर्ष बैंकमा काम गरेको अनुभव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त