आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् विपक्षी दलको संसद् अवरोध

बुधबार, १३ चैत २०८१, १२ : ०३
बुधबार, १३ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका छन् ।  बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरूले उठेर विरोध जनाएका हुन् । 

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्ति पत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्ति बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।

sansad abarodh (1)sansad abarodh (2)sansad abarodh (3)sansad abarodh (4)sansad abarodh (5)sansad abarodh (6)sansad abarodh (7)sansad abarodh (8)sansad abarodh (9)sansad abarodh (11)sansad abarodh (12)sansad abarodh (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप