प्रतिनिधिसभा बैठक
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित
बुधबार, १३ चैत २०८१, १२ : ०४

काठमाडौँ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध सुरु गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी
-
राजावादीको हिंसात्मक प्रदर्शनः रोयल टास्क फोर्सका राजभण्डारी पक्राउ