बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका प्रदेश अध्यक्षहरूले भने– संघको छवि धमिल्याउने गतिविधि सह्य हुने छैन

बुधबार, १३ चैत २०८१, ११ : ५६
बुधबार, १३ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका प्रदेश अध्यक्षहरूले संघको छवि धमिल्याउने, प्रतिनिधिहरूको सम्मानमा आघात पुर्‍याउने, अपांगता भएका व्यक्तिहरूको हक र अधिकारको अभियानमा बाधा पुग्ने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । 

प्रदेश अध्यक्षहररूले संयुक्त प्रेज्ञप्ति जारी गर्दै केन्द्रीय महाधिवेशनका सन्दर्भमा भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन् । कोशी प्रदेशका अध्यक्ष गोपालमान थापा, मधेश प्रदेशका अध्यक्ष जयप्रकाश ठाकूर, बागमती प्रदेशका अध्यक्ष प्रेम लामा, गण्डकी प्रदेश अध्यक्ष शंकर पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष पूर्णप्रसाद कालाथोकी, कर्णाली प्रदेश अध्यक्ष जानकी पुन र सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्रप्रसाद जैशीले संयुक्त विज्ञप्ति निकालेर कांग्रेस सभापति शेरबहादुर देउवाज्यूको निर्देशनमा प्रकाश पन्थको अध्यक्षतामा गठित १७१ सदस्यीय तदर्थ समितिले केन्द्रीय महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गरेको बताएका छन् ।

विज्ञप्तिमा निर्वाचनको औपचारिक प्रक्रियामा सहभागी भई हार बेहोर्न नसकेका केही व्यक्तिहरूले अधिवेशनलाई बदनाम पार्ने नियतले तथ्यहीन प्रचार, तोडफोड गर्ने गरि गरिएका अनुचित क्रियाकलापहरू निन्दनीय र संस्थाको मर्यादामाथि आघात पुग्ने खालका रहेको उल्लेख गरेका छन् । 

चैत ८ र ९ गते भएको महाधिवेशन एकलौटी भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय विकास थापा र कल्पना खड्काले थापाको अध्यक्षतामा समानान्तर समिति बनाएका छन् । महाधिवेशनबाट अध्यक्षमा निर्वाचित चम्लागाई र निर्देशन समितिका संयोजक मधु आचार्यले एकलौटी गरेको आरोप उनीहरूको छ ।

apang-sang

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप